पोखरा । खानेपानी संस्थान पोखराले पानीको ब्यवस्थापन गर्न नसक्दा ४ दिन देखि पोखरेलीमा काकाकुल बनेको छ । मुलुकभरकै सबैभन्दा ठुलो पानीको स्रोत रहेको पोखरा आसपासको लामाचौर, बाटुलेचौर, दिप केआई सिं पुल लगायतका क्षेत्रमा यतिबेला धारामा पानी आउन छाडेको छ ।
पानीको अभाबका कारण हुनेले टया्ड्कर पानी ल्याई घरको टया्डंकी भरेकाछन भने नहुनेहरु नजिकका खोलातिर धाईरहेको स्थानियको भनाई रहेको छ । पानीको अभाब भएपछि स्थानिय बासिन्दामा आक्रोश छाएको छ भने आईतबार बिहान खानेपानी संस्थान पोखरा शाखा घेराउ गर्न जाने तयारी गरिएको स्थानिय जुम प्रसाद गुरुङले जानकारी दिनुभएको छ ।
यता खानेपानी संस्थान बिन्ध्यवासिनी शाखाले भने मुहानबाट आउने पाईपमा फल्ड पत्ता लगाउन नसकेका कारण समस्या आईरहेको र अब अकलादेबी मन्दिरनिर पाईप खनेर शनिबार बेलुका सम्म पानी पठाउन सक्ने युनाईटेड खबरलाई जानकारी दिएको छ ।