काठमाडौं / नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौले महिला क्रिकेटर सम्झना खड्काले पहिलो अन्तरास्ट्रिय हाफ सेन्चुरी प्रहार गर्दै एशिया कपमा नेपाल लाई बिजयी गराएको अबसरमा महिला क्रिकेटरहरू लाई ६ महिना पुर्ण निशुल्क ट्रेनिङको घोषणा गरेको छ ।
सम्झना खड्काले केही महिना नेक्ससको होस्टेलमा बसेर ट्रेनिङ गरेकी थिईन । महिला एशिया कपमा युएई बिरूद्द सम्झनाले ४५ बल मा ७२ रनको नटआउट पारी खेल्दै नेपाल लाई पहिलो जित दिलाएकी छन । यो उनको करियरकै पहिलो अन्तर्राष्ट्रिय हाफ सेन्चुरी हो भने नेपालको पनि एशिया कप को पहिलो हाफ सेन्चुरी हो ।
सम्झना र नेपाली महिला टिमको सफला लाई अबिस्मरणीय बनाउन नेक्सस क्रिकेट एकेडेमी ले एकेडेमी मा ट्रेनिङ गर्न चाहाने सम्पुर्ण महिला क्रिकेटर लाई पुर्ण निशुल्क ट्रेनिङ गराने कुरा नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाही ले जानकारी गराउनु भएकाे छ । महिला क्रिकेटर लाई नेक्ससमा बिदेशी काेच प्रशिक्षक ले प्रशिक्षण दिईने छन ।