फोटो पत्रकारहरुको मनसुन “वाक’२०२४ सम्पन्न

पोखरा । कास्कीका फोटो पत्रकारहरुको साझा संस्था नेपाल फोटो पत्रकार संघ कास्कीले एकदिने मनसुन वाक २०२४ सम्पन्न गरेको छ । संधैको बर्ष झै यस पटक पनि पोखरादेखी ढिकीडांडा सम्म फोटो पत्रकारहरुले हिंडेरै ढिकीडांडा स्थित रिसोर्टमा पुगि औपचारिक कार्यक्रम गरि सम्पन्न भएको छ ।

कार्यक्रमको बारे जानकारी दिनुहुंदै कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले शान्ति स्तुपादेखी पुम्दीकोट सम्म र अहिले पोखरादेखी ढिकीडांडा सम्मको यात्रा सम्पन्न गरेको बताउनुभयो । ढिकीडांडा रिसोर्टका सन्चालक प्रकाश भट्टराई र प्रेम आचार्यले ढिकीडांडा रिसोर्टमा स्थानिय उत्पादनलाई प्राथमिकता दिंदै अर्गानिक खाना, पोखरा आसपासका मनमोहक डांडाहरुलाई नजिकबाट नियाल्न र स्वच्छ वाताबरणमा रमाउनका लागी रिसोर्टमा आउन आग्रह गरिएको थियो ।

ढिकीडांडा रिसोर्टको प्रायोजनमा भएको कार्यक्रमको उद्दघाटन पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्षले उपस्थित अतिथीहरुको फोटो खिचेर गर्नुभएको थियो ।

करिब ५ दर्जन फोटो पत्रकार तथा अन्य पत्रकारहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, पुर्ब अध्यक्ष दिपेन्द्र श्रेष्ठ, फोटो पत्रकार संघ कास्कीका सल्लाहकार राम गुरुडं लगायतले फोटो पत्रकारहरुले फोटोको माध्यमबाट समाजमा पुरया्एको योगदानका बारेमा प्रसंशा गरिएको थियो ।

फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहसचिब धन बहादुर गुरुडं् सुमनले सन्चालन गरिएको थियो ।

Advertisment