पोखरा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराको लागि उडान भर्न लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल नजिकै दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
१९ जना यात्रु सवार जहाजमा दुर्घटनाका कारण आगो लागेको खबर छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा रहेको विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । उड्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले सन्चारकर्मीहरु लाई जानकारी दिनुभएको छ ।
पहिचान नखुलेका दुर्घटनामा परेका ४ जनाको शब फेला परेको र क्याप्टेन मनिष शाक्यको काठमाण्डौ मेडिकल कलेजमा उपचारका लागी लगिएको बिमानस्थल स्रोतले जानकारी दिएको छ ।
सौर्य जहाज त्रिभुवन विमानस्थल नजिकै दुर्घटना,४ को शब फेला, क्याप्टेनको उपचारका लागी अस्पताल
९ श्रावण २०८१, बुधबार
404
Advertisment