पोखरा, १८ साउन । रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड.क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ ।
दुुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का रोटरी इयर २०२४–२५ का डिष्ट्रक गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले रोटरी क्लवको वार्षिक कार्ययोजना अनुसार हुने गरेको बृक्षारोपण कार्य आगामी वर्षमा पनि निरन्तर हुने भएको बताउँदै रोपण गरिएका विरुवाको संरक्षण महत्वपूर्ण रहेको बताउनुुभयो ।
गण्डकी वोर्डिङ स्कुलमा भएको कार्यक्रममा विद्यालका प्राचार्य विश्वउदिर जि.सी ले रोटरी कल्व अफ पोखरा फिस्टेलबाट भएको वृक्षरोपण कार्यक्रमको प्रशसा गर्दै विद्यालको भैतिक निर्माणमा पनि सहयोगको वातावरण वनाउन अनुरोध गर्नुभयो ।
पश्चिमान्चल इन्जिनियरिङ क्याम्पसमा भएको कार्यक्रममा क्यापस प्रमुख निर्मलप्रसाद वरालले रोपिएका बिरुवाको रेखदेख गर्नुका साथै आगामी दिनमा पनि रोटरी क्लवसँग सहकार्य गर्दै जाने बताउनुुभयो ।
गण्डकी वोर्डिङ स्कुलबाट शुरुवात गरी इन्जिनियरिङ क्याम्पसमा समापन गरिएको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष महेश्वर पहारीले गर्नुभएको थियो भने सञ्चालन कार्यक्रम संयोजक एवम् क्लबका उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले गर्नुुभएको थियो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को कार्यक्रम अनुसार यस वर्ष देशभर गरि एक लाख विरुवा रोपण गर्ने योजना अनुसार यस क्लबबाट पोखरामा बृक्षरोपण गरिएको हो ।
क्लबका उपाध्यक्ष एवम् कार्यक्रम सयोजक सुवेदीका अनुसार क्लबकोे आगामी हप्ता १००० औं बैठक हुन गइरहेको सन्दर्भमा साउन महिना भित्र अन्य स्थानमा समेत गरी एक हजार बिरुवा रोपण गरिने कार्यक्रम छ ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, बर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्य एवम् परिवारजनका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो ।