सन्दर्भ : नेपाल महिला संघको ७८ औ स्थापना दिवस

राजु मास्के

आज मिती २०८१ साल साउन २४ गते नेपाली काग्रेसको भातृसंस्था नेपालको राजनीतिमा पहिलो महिला अधिकारवादी संस्था तथा राजनीतिक संगठन सम्पूर्ण महिलाहरूले गौरव गर्ने संस्था नेपाल महिला संघको स्थापना भएको दिन हो ।
महिला नेता मंगलादेवी सिंहको सक्रियतामा भूमिगत रुपमा महिलाहरूको भेला भई चिनियालाल श्रेष्ठको घरमा मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको तदर्थ कार्यसमिति गठन भए पछि नेपालको राजनीतिमा नेपाली महिलाहरुको प्रवेशलाई नेपालको आधुनिक युगको आधारस्तम्भको रूपमा बुझ्न सकिन्छ ।

नेपालमा महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना गरि लोकतान्त्रिक राज्य व्यवस्थामा मूल्य मान्यता पद्धतिको स्थापनाको उदेश्य भए पछि वि•स• २००७ साल राणा विरोधी आन्दोलन , २०३६ सालको जनमतसंग्रह , २०४६ सालको जनआन्दोलन भाग:- १ र २०६२/ ०६३ सालको जनआन्दोलन भाग:-२ यस्ता विभिन्न राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी ऐतिहासिक गौरवशाली जिम्मेवारीको भुमिका निर्वाह गरेको अविस्मरणीय दिन हो । तत्कालिक समयमा नेपाल महिला संघले खेलेको भुमिकालाई अझ बढी सशक्त तरिका महिला संघलाई अगाडी बढाउनु पर्ने आजको आवश्यकता छ। किनभने त्यस समयको नेतृत्वको बलमा हामीले विभिन्न समयमा भएको संसदमा महिला प्रतिनिधि तेसै हासिल भएको होईन ।यहांहरु समक्ष त्यस बेलाको महिला नेताहरूले गरेको नेपाल महिला संघको भुमिकाको योगदानलाई वर्तमान महिलाहरूले गौरव गर्नु पर्छ किनभने २००७ सालको राणा विरोधी आन्दोलनको सफल क्रान्ति पछि नेपाली कांग्रेसले २०१५ साल फागुन ७ गतेको प्रथम आमनिर्वाचनमा भाग लिए पछि जम्मा १०९ सिटमा ७४ सांसद सिट प्राप्त गरेको थियो ।

नेपाल महिला संघको स्थापना २००४ साल साउन २४ गतेको भएको हुदाॅ सो स्थापनाको वातावरणमा अग्रणी भुमिका खेलेका महिला नेताहरु नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिह , दिव्यादेवी कोइराला , योगमाया देवी न्यौपाने, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, द्वारिकादेवी चन्द ठकुरानी , नोना कोइराला, नलिनी उपाध्याय, इन्दीरा आचार्य, विजया लक्ष्मी लगायत महिलाहरुको योगदानको सम्मान गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७८ औं स्थापना दिवसको अवसरमा विभिन्न तहमा जिम्मेवारी समाल्नुहुने सम्पूर्णमा हार्दिक शुभ कामना व्यक्त गर्दछु
साथै यो अवसरमा नेपाल महिला संघको सँस्थापक अध्यक्ष स्व• मंगलादेवी सिंह, दिव्यादेवी कोइराला , योगमाया देवी न्यौपाने, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, द्वारिकादेवी चन्द ठकुरानी , नोना कोइराला, नलिनी उपाध्याय, इन्दीरा आचार्य, विजया लक्ष्मी लगायतको स्मरण गर्दै वहाॅ प्रति भावपूर्ण श्रद्धांसुमन अर्पण गर्दछु । जयनेपाल
लेखक – नेपाली कांग्रेस केन्द्रीय सूचना सन्चार तथा प्रचार विभाग सदस्य हुनुहुन्छ ।

Advertisment