मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने ब्याक्ति पक्राउ

काठमाडौं, साउन । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्‍यामानबबेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित गत असा २० गते नेपाल फर्किई उजुरी दिएपश्चातमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो । 

न्यौपानेले मासिक ७० हजार रूपैयां तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखा लाख ५० हजार रूपैयाँ लि२०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिको जिम्मा लगा दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisment