भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व : मन्त्री थापा

भारतीय राजदुतावास पेन्सन क्याम्पमा स्वतन्त्रता दिवस

पोखरा । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार एक कार्यक्रमको आयोजना गरि ७८ औँ भारतीय स्वतन्त्रता दिवस भब्यरुपमा सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्नुहुंदै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले भारत स्वतन्त्रताको आन्दोलनमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताउनुभएको थियो ।

स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो कुरा बताउनुभएको हो । “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा,नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, वहांले भन्नुभयो ।

नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउनुहुंदै मन्त्री थापाले गौरवपूर्ण अतीतले भरिएको उल्लेख गर्नुहुंदै नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको समेत उल्लेख गर्नुभयो ।
मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी मात्र नभई सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण भएको समेत धारणा राख्नुभएको थियो ।
भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले प्रशंसा गर्नुभयो ।
७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरणकै रुपमा लिईन्छ । भुतपुर्ब सैनिक तथा परिवारहरुको ठुलो संख्यामा उपस्थिती रहेको कार्यक्रममा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखराका कार्यवहाक कार्यलय प्रमुख मेजर नारायंकर अश्विनीकुमारले
झन्डोतोलन गर्नुभई सुरु गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा स्थित संघ,संस्था, उच्च प्रशासनिक, गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंह, बरिष्ठ शिक्षाविद जर्ज जोन, जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतका उच्च अधिकारीहरुको उपस्थिती रहेको कार्यक्रममा भारतीय भुतपुर्ब सैनिक तथा परिवारलाई बिभिन्न समयमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।

Advertisment