रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह २०८१ भब्यताका साथ सम्पन्न

पोखरा । रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह २०८१ पोखरामा भब्यताका साथ सम्पन्न भएको छ । पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सभ्यता र भव्यताका साथ सम्पन्न भएको छ ।

ब्रह्माकुमारी ई.वि.वि. नेपालका निर्देशक बालब्रह्माचारिणी त्यागी तपस्वी परमआदरणीय राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीज्यूको हस्तकमलबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र औपचारिक कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, मन्त्री माननीय विन्दु कुमार थापाको प्रमुख आतिथ्यता रहनुभएको थियो ।

रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु गुरुङ, गण्डकी प्रदेश मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिना, पो.म.न.पा. वडा नं.  ११ का अध्यक्ष श्री प्रेम प्रसाद कर्माचार्य रहनुभएको थियो ।

त्यसैगरि स्वास्थ्य बिज्ञान प्रतिष्ठान डिन डा. कृष्ण श्रेष्ठ, डा. बसन्त ताम्राकार, डा. निरज दुवे, डा. राजेन्द्र मानन्धर, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष वरिष्ठ उद्योगपति गणेश बहादुर श्रेष्ठ, उद्योगपति एवं वरिष्ठ समाजसेवी सुशिल कुमार गोशली, सन्तान धर्म सेवा समितिका प्रमुख सामाजिक व्यक्तित्व रविन्द्र माकाजु, जेसिज पोखराका अध्यक्ष जेसिज श्री देव राज शर्मा, पोखरा लेडी जेसिजका अध्यक्ष गायत्री फुयाल, डा. रामचन्द्र बास्तोला, डा. प्रेम बहादुर पुन र डा. अचर्ना पुन, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला एवं समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

पोखराका विभिन्न आमा समूह, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधिहरु एवं आमा बुवा दाजु भाइ दिदी बहिनीहरुको विशेष उपस्थिति रहेको समारोह मंगलबार बिहान ७ बजे आरम्भ भई साँझ ७ बजे समापन भएको रक्षासूत्र ग्रहण कार्यक्रममा करिव २००० जनाले रक्षाबन्धन ग्रहण गरिएको आयोजकले जनाएको छ । पवित्र पर्व रक्षाबन्धनको अवसरमा कैयौं महानुभावहरुले परमात्माको दिव्य सन्देश पनि प्राप्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

Advertisment