पोखरा, ७ भदौ । नेपाल महिला संघ कास्कीले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा आज शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले हाम्रा प्राचीन संस्कार र संस्कृतिको संरक्षण गर्दै अघि बढ््नुपर्ने बताउनुुभयो ।
नेपाली काँग्रेस पार्टीसँगै नेपाल महिला संघले देशमा प्रजातन्त्रको स्थापनार्थ ठूलो संघर्ष गरेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रवादीहरू अन्याय पनि नगर्ने र अर्काले गरेको अन्याय पनि नसहने बताउनुुभयो । हाम्रा शास्त्रहरूमा पनि महिलाहरूको मर्यादा भएको ठाउँमा देवताको वास हुन्छ भन्ने उल्लेख भएको उहाँले बताउनुुभयो । तीजको संस्कृति वैदिक सनातन परम्पराको संरक्षणको उद्देश्यसँग जोडिएको सभापति शर्माको भनाइ छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले २००४ सालमा स्थापित महिला संघको अनवरत संघर्षकै बलमा हाल राज्यका विभिन्न निकायमा ३३ प्रतिशत स्थानमा महिलाले ओगटेको बताउनुुभयो । प्राप्त अवसरलाई जिम्मेवारिताका साथ उपयोग गर्नुुपर्नेमा उहाँले जोड दिनुुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाटले तीज नेपाली महिलाको मौलिक संस्कृति भएको बताउनुुभयो ।
नेपाल महिला संघ कास्कीका सभापति शारदा गिरीको अध्यक्षतामा सचिव कमला बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्व मन्त्री एवम् कास्की काँग्रेसका पूर्व सभापति यज्ञबहादुुर थापा, प्रदेशसभा सदस्य सरस्वती गुुरुङ, जिल्ला पार्टी उपसभापति युुवराज कुँवर, क्षेत्रीय सभापति केशर
निर्दोशी, बृृन्दा राना लगायतले बोल्नुुभएको थियो ।
उक्त अवसरमा प्रदेशसभा सदस्य सरस्वती गुरुङ, विन्दुु सुवेदी, जानकी कोइराला, शोभा तिमल्सिना, रसकुुमारी गुुरु, सीता अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।
नेपाल महिला संघ कास्कीले संघको पोखरा महानगर समितिको सभापतिमा प्रभा पौडेल, क्षेत्र नं २ को सभापतिमा सुुनिता गिरीलाई जिम्मेवारी दिएको छ ।
हरितालिका तीजका अवसरमा महिला संघ कास्कीको शुभकामना आदानप्रदान
August 23, 2024
475
Advertisment


