भदौ ११, पोखरा । नारीहरूको हरितालिका तीजको अवसरमा दीप युनाइटेड क्लबले ‘सदभाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित १२ औं खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पोखरा महानगरपालिका १६ दीपमा क्लबको वार्षिक कार्यक्रम अन्तर्गत यही भाद्र १५ गते (शनिबार) सुन्दरफिड चोकमा १२ औ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको कार्यक्रम संयोजक आशिष पौडेल क्षेत्रीले जानकारी दिनुभएको छ ।
आशिषको संयोजकत्वमा ३ सदस्यीय रक्तदान उपसमिति गठन गरी कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्ने तयारीमा रहेको समाचार प्राप्त भएको छ । उपसमितिमा विमला गुरूङ र सन्तोष परियार सदस्य रहनुभएको छ ।
संयोजक क्षेत्रीका अनुसार भदौं १५ गते बिहान ७ बजेदेखि रक्तदान सुरु र कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहने भएको छ ।