हेम्जा । कास्की जिल्ला माछापुच्छे« गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विषेश महिला सञ्जाल स्तरीय तीज गित प्रतियोगिता शनिवार सम्पन्न गरेको छ ।
प्रतियागितामा वडा नं ५ रिभान वडा महिला सञ्जाल प्रथम,वडा नं ४ लाहाचोक महिला सञ्जाल द्धितिय, वडा नं ३ घाचोक महिला सञ्जाल तृतिय र वडा नं ८ ल्वाङ्गले सान्तवना पुरस्कार प्राप्त गरेको छ । प्रथम, द्धितिय, तृतिय र सान्तवना क्रमश नगर रु १०,०००, ८,००० ,६००० र ४००० साथमा प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ठ नृत्य पुरस्कार भने वडा नं ८ का गिता गौतमले प्राप्त गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले नेपाली मौलिक संस्कार र संस्कृतिको संरक्षणमा लाग्न स्थानियलाई आग्रह गर्नुहुंदै परम्परागत मान्यता र विधि नमर्ने गरी मनाउनु पर्नेमा कुरामा जोड दिनुभयो ।
उपाध्यक्ष सिता अधिकारीले महिला सञ्जालको अनुरोधमा पालिका स्तरीय तीज गित प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । कार्यक्रका विच महिलाको पूर्ण सहभागिताविना कुनैपनि राष्ट्रको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं समग्र विकास गतिविधिको सम्भावना नरहने उल्लेख गर्नुभयो । सस्कार र संस्कृतियुक्त तीजलाई भडकिलो र उत्ताउलो बनाउन नहुने समेत बताउनु भयो ।
माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोपीकृण्ण अर्याल, समाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष हरि बहादुर क्षत्री, कार्यपालिका सदस्य श्रीदेवी विश्वकर्मा,वडा नं ४ का अध्यक्ष मधुसुदन अधिकारी लगायतले शुभकामना दिनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष सिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत महिला सञ्जालका अध्यक्ष कल्पना रानाभाटले र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेले सञ्चालन गर्नुभएको थियो ।