२१ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी पछि पहिलो पटक गण्डकी प्रदेश सभाको बैठक दुई महिनापछि भदौ २६ गते बस्ने भएको छ ।
गण्डकी प्रदेश सरकारको छैटौँ अधिवेशन अन्तर्गत असार १८ गतेको बैठकपछि प्रदेश सभा स्थगित गरिएको थियो । गण्डकी प्रदेश सभाबाट असार १७ गते आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको थियो । त्यसपछिको आ.ब सुरु भएसंगै बस्नुपर्ने प्रदेशसभा बैठक बस्न सकिरहेको थिएन ।