उनले बुवा विन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए ।
बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् । त्यसैले त अहिले उनले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन ।
भन्छन, “ सोचेको ठुलो काम गर्नुछ भने त्यो समुहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टिमको विश्वासमा यहाँहरुका अगाडी उभिएको छु । अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टिमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ । अर्जुन पोखरेलको टिम कुनै गुटगत टिम होइन बरु उर्जाले भरिएका विभिन्न उमेर समुह र अनुभवका अनेक खुडकिलो पार गरेका व्यक्तिहरुको साझा टिम हो । हाम्रो शक्ति भन्नु नै तपाइहरु हुनुहुन्छ र हाम्रो एकता छ ।“
आफू र आफ्नो टीम सङ्ग स्पष्ट खाका र उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।
व्यक्तिका रुपमा कस्ले चुनाव जित्छ त्यो महत्त्वपूर्ण नभई कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।