भदौ २४,
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार देशभर मनाईरहेको छ । यसैगरि कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा नै जिल्ला प्रतिनिधी खटाई कार्यक्रम भईरहेको छ । यसैबिच अन्नपुर्ण गाउंपालिकाको बिभिन्न वडामा यतिबेला भईरहेको कार्यक्रम अन्तर्गत वडा नम्बर ८ को बीरेठांटीमा बिपि जयन्ती तथा कृयाशिल सदस्यता वितरण कार्यक्रममा प्रमुख अतिथी पार्टीका नेता दुर्गा प्रसाद तिमिल्सिना,क्षेत्रिय सभापति मनोज गुरुडं र प्रशिक्षक कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ, वडाध्यक्ष बिजय गुरुङ, समाजसेवी बिष्णुमाया गुरुङ, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका प्रदेश अध्यक्ष टेक बहादुर गुरुङ लगायतले बिपिका बिचार आज पनि उत्तिकै सान्दर्भिक रहेको, जनताबाट निर्वाचित पछि जनप्रतिधीहरुले जनताका पिरमर्कामा लाग्नुपर्नेमा, तल्लो जनताको भन्दा माथिल्लो तहका नेताको चाकडीमा लागिरहेको, पद प्राप्तीका लागी स्वाभिमानी, ईमान्दार कार्यकर्ताको खोजीमा भन्दा नेताको दैलोमा जाने लाई प्राथमिकतामा पार्ने प्रबृत्ती मौलाएको जस्ता काम मौलाउंदै गईरहेको कार्यकर्ताले उठाएका थिए ।
ईकाई सभापति टेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सानो टेक बहादुर गुरुङ र स्वागत ज्ञान बहादुर कुंवरले गर्नुभएको थियो ।
अन्नपुर्णको बीरेठांटीमा १११औं बीपी जयन्ती तथा प्रशिक्षण सम्पन्न
२४ भाद्र २०८१, सोमबार
103
Advertisment