नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने ११ जना सम्मानित पोखरा, २६ भदौ । नेपाली कांग्रेसका नेता पूर्व महामन्त्री डा.शशांक कोइरालाले आगामी पन्ध्रौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
१११ औं विपी जयन्तीको अवसरमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्दारा आयोजित कार्यक्रममा कोईरालाले भन्नुभयो पार्टी भित्र र बाहिरका सबैलाई मिलाएर लाने क्षमता म राख्दछु त्यस कारण पनि मेरो नेतृत्वमा बिपी कोईरालाको सपना साकार गर्न लाग्नेछु कोईरालाले दाबी गर्नुभयो । बिपीको १७ महिने कार्यकालमा देशले ठुलो बिकासको फड्को मार्ने काम गरेको भएतापनि देशमा अस्थिर सरकारका कारण सबै जसो योजना हरु अधुरो रहेको हुंदा अब आफ्नै नेतृत्वको कांगेरेसले बहुमतको सरकार बनाउन सक्ने पार्टी निर्माण गरिने र त्यसका लागी अब घर घर पुग्ने समेत दृढता ब्यक्त गर्नुभयो ।
विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्दारा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरया्उने ११ जना व्यक्तित्वलाई आज पोखरामा सम्मान गरिएको कार्यक्रममा पुर्बमहामन्त्री डा.शशांक कोइराला प्रमुख अतिथीको भुमिकामा हुनुहुन्थ्यो । डा.कोईरालाले सम्मानित योद्दाहरुलाई जनही २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा दुर्गादत्त पौडेल(नवलपुुर), तीलबहादुुर गुुरुङ(गोरखा), सानुुमाया गुुरुङ(लम्जुुङ), बुुिद्धकुुमार बतास(तनहुँ), राज घले(मनाङ), भोजराज भण्डारी(कास्की), वेदप्रकाश पनेरु(स्याङ्जा), रुद्रलाल उपाध्याय(पर्वत), गोविन्द कंडेल(बाग्लुुङ), भैरवबहादुर हुमेल(म्याग्दी), कृष्णप्रसाद बरुवाल(मुस्ताङ) रहनुुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री कोइरालाले विपीको चिन्तलाई आत्मसात गर्न सकेमा काँग्रेस कहिल्यै पनि कमजोर बन्न नपर्ने बताउनुुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली काँग्रेसले विपीमा आदर्शलाई झुल्न नहुनेमा जोड दिनुुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विपीले तत्कालीन समयमा अघि सार्नुुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण काँग्रेस कमजोर बनेको बताउनुुभयो । स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा काँग्रेस कसैसँग पनि झुक्नु पर्ने र सधैं जनताको विश्वास जितिरहने उहाँको भनाइ छ ।
कार्यक्रमका सभापति एवम् विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोल(मधु)ले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आइएको बताउनुभयो।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.रघुराज काफ्लेले विपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाली काँग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबुश्रेष्ठ एवम् सम्मानित व्यक्तिहरूले विपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।
पुस्तकालयका सचिव सूर्य क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभयको थियो ।