पोखरा । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ ।कार्यक्रममा बैंकको तर्फबाट बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्य दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल लगायतको उपस्थिति
रहेको थियो । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा.दिपेन्द्र कुमार यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
यस सहयोगले बिरामीहरूले उच्च स्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
सिद्धार्थ बैंक लिमिटेडद्वारा श्री अमरसिंह माध्यमिक विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण
पोखरा सिद्घार्थ बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयललाई औपचारिक
रुपमा हस्तान्तरण गरेको छ । उक्त हलको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाद्वारा गरिएको छ ।मावि बैंकले हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उहाँहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको
छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत
विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ
आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
सिद्धार्थ बैंकद्वारा अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण
२९ भाद्र २०८१, शनिबार
173

Advertisment