पोखरा । गोरखाको सदरमुकाममा भएको अन्तर TU कलेज स्तरिय महिला भलिवल प्रतियोगितामा सहभागी भएका नेपालको दोश्रो ठुलो कलेज पोखराको पृथ्बीनारायण क्याम्पसबाट प्रतिनिधित्व गर्दै दोश्रो स्थान हुन सफल महिला भलिवल खेलाडीहरु हालै सम्मान गरिएको छ । क्याम्पस प्रमुख प्रा.डा. सरोज कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न
कार्यक्रममामा जनही १५ सयका दरले नगद तथा खादा र टिका लगाई सम्मान गरिएको थियो ।
१२ जना खेलाडीलाई प्रशिक्षित गराई गोरखा लगिएको र द्दित्तिय स्थान हासिल गर्न सफल भएको पृथ्बीनारायण क्याम्पसले जानकारी दिएको छ ।
पृथ्बीनारायण क्याम्पसका खेलकुद बिभाग प्रमुख जुम प्रसाद गुरुङले पिएनले गोरखामा प्रथम स्थान हासिल गर्ने अपेक्षा राखेको भएतापनि तोकिएको समयलाई आयोजकले ख्याल नगर्दा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको जानकारी दिनुभएको छ ।
गोरखामा सहभागी भएको खेलाहीहरु –
पुनम घर्ती मगर
आकृति गरबुजा
प्रविना प्रेमी मगर
दिलु राना मगर
बेन्जु थापा मगर
सुस्मिता थापा मगर
समिक्षा पुरी
स्मृति राणा मगर
तारा बुढाथोकी
अन्जु पुन मगर
प्रबिना पेमि मगर
स्मृति राना मगर