तमु धिं नेपालको ४० औं वार्षिक साधारण सभा तथा बधाई कार्यक्रम सम्पन्न

तमु एकता आजको आवश्यकता – सांसद मन बहादुर गुरुङ

पोखरा, २० असोज ।
तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको ४० औं वार्षिक साधारण सभा तथा बधाई कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङले तमु एकताको अपरिहार्यतामा जोड दिन्ुभयो । उहाँले तमुहरु शिक्षा, विकशित प्रविधिको प्रयोग, अधिकार प्राप्ति, युवा तथा बालबालिकालाई असल संस्कार र समाज प्रति आकर्षण साथै तमु भाषिक अधिकार प्रति जुटनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमु, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का उप–महासचिव मनोज गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष ओम गुरुङ, बौद्ध अर्घाौं सदन अधयक्ष रुद्र बहादुर घलेले शुभकामना व्यक्त गर्नुभएको थियो । यसरी नै युग बहादुर गुरुङले शिक्षा सम्बन्धि चर्चा साथै तमु धिं नेपालका महासचिव जुना कुमारी गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गम बहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा भु.पु खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले सम्मानित व्यक्तित्वहरुको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भु.पु खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ पोखरा उद्योग वाणिज्य संघ पोखराका कार्यकारिणी सदस्य आशिष गुरुङ, कास्की पोखरा हस्तकला संघका अध्यक्ष सीता गुरुङ, ङ्योए तमु धिंका उपाध्यक्ष काशीमाया गुरुङ र उपमहासचिव तारा गुरुङ, संजीबनी दिदिबहिनी केन्द्रका अध्यक्ष बीना गुरुङ, कोषाध्यक्ष गीमाया गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिबाट सम्मानित महासचिव जुना कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
यसरी नै तमु धिं नेपालको नव निर्वाचित क्षेत्रीय समाजका कार्यसमितिहरु तमु धिं नेपाल रुपा गाउँपालिका, तमु धिं नेपाल माछापुच्छे« गाउँपालिका, मिरुवा तमु समाज, तमु सहोग समिति पार्दी, तनहुँ तमु समाज, कोल्मा बहाकोट तमुसमाज, बरालडाँडा तमुसमाज, सुर्यमुखी तमु समाज, भिमकालीपाटन तमु समाज, लगायत गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) लाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा तमु धिं नेपाल कार्यसमिति, केन्द्रिय युवा समिति, तमु कलाकार संघ गण्डकी , कोने घोताने कास्कीका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुती गरी मनोरञ्जन दिलाएका थिए भने यस वर्ष आजीवन सदस्यता प्राप्त गरेका सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो । तमुधिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्री प्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Advertisment