मित्र मिलन सहकारी ठगी मुद्दाका १ जना फरार पक्राउ

पोखरा । सहकारी ठगी कसूरमा संलग्न रही हालसम्म फरार रहेका मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालिन उपाध्यक्ष विजय लम्साल पक्राउ परेकाछन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिज्ञप्ती प्रकाशित गर्दै कास्की माछापुच्छ्रे गाउँपालिकावडा नं. ३ घाचोक लम्सालथर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ पर्स्याङ बस्ने वर्ष ३४ का विजय लम्साललाई पक्राउ गरेको पुष्टी गरेको छ ।

मिति २०८१।०।२ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ अर्चलबोटबाट पक्राउ गरेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ

Advertisment