गण्डकीका सांसद एवं कांग्रेस नेतृ गौचनको हृदयघातका कारण निधन

पोखरा,  गण्डकी प्रदेशमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेकी समानुपातिक सांसद विमला गौचनको गएराती निधन भएको समाचार प्राप्त भएको छ । गएराती करिब १ बजे काठमाडौँस्थित ग्राण्डी हस्पिटलमा हृदयघातका कारण सांसद गौचनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिती सदस्य समेत रहेकी गौचनको पछिल्लो समय डेंगु रोगका कारण बिरामी परेपछि उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा भैरहेको थियो केहि दिनदेखि उपचारमा रहेकी उनलाई मुटु सम्बन्धि समस्या समेत रहेको र गएराती १२ बजे हृदयाघात भएको बुझिएको छ ।

कांगेरोस गण्डकी प्रदेश सदस्य एबं प्रचार बिभाग उपप्रमुख शिरोमणी बरालका अनुसार गौचन नेपाली काँग्रेस र नेपाल महिला संघमा निरन्तर सक्रिय प्रदेस सांसद, म्याग्दीको पुरानो र ठुलो यति होटलकी संचालक समेत रहेको बताएका छन ।

उनका श्रीमान राम गौचन म्याग्दी कांग्रेसका पुराना र प्रभावशालि नेता थियो। उनको पनि केहि बर्ष अगाडी कम उमेरमा नै निधन भएको थियो। श्रीमानको मृत्युपछि पनि निरन्तर राजनीति र होटल पर्यटन ब्यवासायमा सक्रिय बिमला गौचनले नेप्ल महिला संघको म्याग्दी जिल्ला अध्यक्ष, नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत भएर काम गरेकी थिईन उनि नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिको सदस्य समेत हुन ।

राजनीतिका अतिरिक्त होटल र पर्यटन ब्यबसाय अनि विभिन्न संघ संस्थामा उनको सक्रियता र योगदान उल्लेखनीय रहेको थियो। बिभिन्न गैर सरकारी संस्थाहरुसंग मिलर काम गर्ने र आफु पनि विभिन्न संघ संस्थामा संलग्न रहने उनको प्रवृतिका कारण उनलाई म्याग्दीमा सामाजिक क्षेत्रमा समेत अग्रणी महिलाको रुपमा लिने गरिन्थ्यो।

राजनीति होटल पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहेकी बिमलाका एक छोरा अमेरिका रहेको र उनी नेपाल आएपछि मात्र म्याग्दीमा नै अन्त्येष्टि गरिने भएको म्याग्दी नेविसंघका नेता निर्मल खत्रीले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार पछिल्लो समय होटलको ब्यबस्थापन भने बिमलाकी छोरीले हेर्दै आएकी छिन।

Advertisment