पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वरुप परिवर्तन गरी चलाएका २३ वटा सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
मिति २०८१।०८।०१ गतेदेखी ऐ. ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधनचेकजाँच गर्दा अवस्था ठिक नरहेका सवारी साधनमा सवारी गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको जनाएको छ ।
कास्की प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल नचलाउन र यदी कसैले चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध छ समेत गरेको छ ।
केही समय देखी कास्की प्रहरीले स्वरुप परिवर्तन, ध्वनी प्रदुषण तथा बजारमा धुंवा पेरदुषण गर्ने सवारी साधनलाई कारवाही गर्दै आएको छ ।