१६ मंसिर, पोखरा । श्री हिमालय माध्यमिक विद्यालय अन्नपूर्ण ७ तोल्का ,कास्कीमा शुक्रबार नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्ययनरत कक्षा इसिडी देखि कक्षा १० सम्मका अभिभावकहरु,विद्यालयका शिक्षक कर्मचारी र सरोकारवालाहरुको संयुक्त भेलाले नयां समिती गठन गरिएको हो ।
निबर्तमान वि.व्य.स अध्यक्ष केशवराज दुराको अध्यक्षतामा र अन्नपूर्ण गापा वडा नं ७ का वडा अध्यक्ष भरतमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले लान्द्रुकका श्याम प्रसाद गुरुङको अध्यक्षतामा मनोनित र पदेन सहित ९ सदस्यीय ब्यबस्थापन समिति सर्वसम्मतिले चयन गरेको छ।
त्यसैगरी भेलाले मनोनित र पदेन सहित अभिभावक मनबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत सर्वसम्मत रुपमा चयन गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कोपिला भण्डारीले दिनुभएको थियो , प्र.अ शरद सुवेदीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षकद्वय डिल्लीराम दाहाल र प्रेमसिंह महराले गर्नुभएको थियो ।