काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री डा आरज़ु देउवा राणा पनि सो भेटवार्तामा सहभागि हुनुहुन्थ्यो ।
सो अवसरमा परराष्ट्र मन्त्री देउवाले आफुले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । मंसीर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।