रेडक्रसको अन्नपुर्ण ६,७ उपशाखा लुम्ले को २७ औं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा देवकोटा चयन

पोखरा । नेपाल सोसाईटी अन्नपुर्ण ६,७ उपशाखा लुम्ले को २७ औं साधारण सभा तथा नवौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कास्की जिल्ला शाखा उपसभापति धर्मराज अधिकारीको प्रमुख आतिथ्यता तथा लुम्ले उपशाखा अध्यक्ष चुडामणी देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लुम्ले उपशाखाको बार्षिक गतिबिधी पेश गरिएको थियो ।
अधिवेशनले नुमलाल देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिती चयन गरिएको छ । त्यसैगरि उपाध्यक्ष खुमराज देवकोटा,महिला उपाध्यक्ष लिला अधिकारी देवकोटा, सचिब दिनेश कुमार जिसी, उपसचिब शोभाराम देवकोटा, कोषाध्यक्ष शिबप्रसाद देवकोटालाई सर्वसम्मत चयन गरिएको छ ।
त्यसैगरि अधिवेशनले सदस्यहरुमा आई बहादुर गुरुङ, राज बहादुर गुरुङ, विवेक देबकोटा,डिल्लीराम देवकोटा र अनिता बि.क लाई चयन गरिएको निर्वाचन समितीका सदस्य नवराज भण्डारीले जानकारी दिनुभएको छ ।

Advertisment