गण्डकी बोर्डिङमा वार्षिक खेलकुद सुरु

पोखरा, ३ पुस । गण्डकी बोर्डिङ स्कुल, लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । ३ दिनसम्म चल्ने कार्यक्रमअन्तर्गत पहिलो २ दिन विभिन्न इभेन्ट्सका खेलकुद प्रतियोगिता सुरु भएकाछन । अन्तिम दिन शुक्रबार सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला हुने कार्यक्रम संयोजक एवं मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिनुभएको छ ।
विद्यालय परिसरमा बुधबार आयोजित विशेष समारोहमा विजयपुर ब्यारेकका पश्चिम पृतनापति मधुकरसिंह कार्कीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पृतनापति कार्कीले बिधालयले एनसिसी जस्तो पबित्र भावना बोकेको संस्थालाई निरन्तरता दिंदै अघि बढाएकोमा प्रशन्नता ब्यक्त गर्नुभयो ।

जिबिएसका पूर्व विद्यार्थीसमेत रहेका हाल अमेरिका निवासी धीरनारायण भारीले ओलम्पिक फ्लेम प्रज्ज्वलन गर्नुभएको थियो । भलिवल प्रतियोगितामाका अब्बल खेलाडी बीरेन्द्र शिल्ड प्रतियोगिता,लङ जम्प, हाई जम्प लगायतका खेलमा स्वर्ण पदक बिजेता हुनुहुन्छ । पुर्ब बिधार्थी धीरनारायण भारीले तत्कालीन समयमा बिधालयमा बिताएका क्षणलाई बिधालयका बिधार्थीहरु संगै बिताउन पाउंदा बिगत सम्झेर रोमान्चित अनुभुति भएको युनाईटेड खबर डट कमलाई बताउनुभयो । उद्घाटनका अवसरमा विद्यार्थीले मार्चपास गरेका थिए ।एनसिसीको राप्ती, सेती, त्रिशूली र कर्णाली सदनका विद्यार्थी हरुले मार्चपास गरेदा सबैको ध्यान आकर्षण गराएको थियो ।
कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका विद्यार्थीले विभिन्न खेलकुदका इभेन्ट्समा भाग लिएका छन् । जसमा विभिन्न दूरीका दौड, सटपुट, लङ जम्प, हाई जम्प, ट्रिपल जम्प, ज्याभलिन, बल थ्रोलगायतका खेलकुद क्रियाकलाप हुने छन् । प्रिन्सिपल विश्वयूधीर पौडेल घर्तीले विद्यालयले हरेक आयोजना गर्ने यसप्रकारको कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रम संचालन अतिरिक्त क्रियाकलाप प्रमुख मानबहादुर थापाले गर्नुभएको थियो ।

पोखरा–१६, लामाचौरस्थित गण्डकी बोर्डिङ नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ । जहाँ कक्षा ४ देखि १२ सम्म करिब १२ सय विद्यार्थी पढ्ने गरेको बिधालयले जानकारी दिएको छ ।

Advertisment