लुम्लेमा आगलागी, एक घर पुर्णरुपमा क्षति

पोखरा ।
कास्कीको अन्नपुर्ण गाउंपालिका वडा नम्बर ६, लुम्ले गाउँको तल्लो थरको एक घरमा आगजनी भएको छ ।  स्थानिय मन बहादुर बि. क ( नौले) को घर मा बिहिबार दिउँसो करिब १२ बजे को समयमा अचानक आगजनि भएको समाचार प्राप्त भएको छ ।

आगजनिबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरमा भएको अन्नपात, लता कपडा अरु धनमाल, गर गहना सबै जलेर नष्ट भएको बि.क ले जानकारी दिएकोछ ।

आगजनिको घटना बाट कुनै मानबिय क्षति हुनबाट भने जोगिएको संगम माबि लुम्लेका शिक्षक सन्तोष सुबेदीले युनाईटेड खबरलाई जानकारी दिनुभएको छ। घटनास्थलमा वडाध्यक्ष एकदेब देबकोटाले निरिक्षण गर्नुभएको छ ।

Advertisment