मुस्लिम संघको गण्डकी प्रदेश अधिबेशन : मुस्लिम समुदायको उत्थानमा कांग्रेस कृयाशिल

पोखरा । नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघको गण्डकी प्रदेश समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनको उद्घाटन गर्नुहुंदै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भातृ, शुभेच्छुक संस्थाहरु बलियो भए मात्रै काँग्रेस पार्टी बलियो हुने हुंदा त्यस तर्फ लाग्न कार्यकर्ता लाई निर्देशन दिनुभयो । महामन्त्री थापाले कांग्रेस प्रति जनताको आशा र भरोसा रहेको कारण काँग्रेस थप जिम्मेवार बन्नु पर्ने आबश्यकता रहेको समेत बताउनुभयो ।  थापाले नेपाली काँग्रेस सबै जातजाती र धर्म सम्प्रदायको उत्थान र स्वतन्त्रताको लागि गम्भीर रहेको भन्दै मुस्लिम समुदायको प्रतिनिधित्वको लागि पहल गर्ने बताए।

महामन्त्री थापाले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुले जनचाहना बुझेर काम गर्नुपर्नेमा जोड दिंदै अब हुने चुनाबमा अहिलेका जनप्रतिनिधिले र सरकारले गरेको कामको आधारमा जनताले पार्टीलाई मुल्यांकन गरेर मत दिने भएकोले जनप्रतिनिधिहरुको काम जनताको चाहना अनुसार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख अब्दुल सतारले नेपाली काँग्रेसको लागि मुस्लिम समुदायले राम्रो सहयोग गर्दै आएको भएपनि पार्टीले मुस्लिम समुदायका प्रतिनिधिहरुलाई दिनुपर्ने अवसर दिन कन्जुस्याईं गरेको बताए।

संघका संस्थापक अध्यक्ष समेत रहेका सत्तारले प्रश्न गरे ‘संविधानले अधिकार त तोकेको छ, तर समुदायले महसुस कहिले गर्न पाउने?’ मुस्लिम लगायत पछाडी परेका र पारिएका समुदायको अधिकार स्थापित गराउन काँग्रेसको योगदान स्मरण गर्दै सत्तारले संविधानको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले नै नेतृत्व लिनुपर्ने तर्क गरे ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले) सँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताउंदै अब त्यसलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।‘आमकार्यकर्ता र जनताको भावनामा हाम्रो संयन्त्रले काम गर्न सकेन। टुलुटुलु हेरेर बस्नु भएन’ महरले भने। कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ। कांग्रेसको ओज घटाउन हुन्न भनेर गभ्मीर बन्नुपर्‍यो,’ कार्यक्रमका प्रमख अतिथि रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने।

उनले संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए। ‘संघीयताभित्रको समावेशीता कार्यान्वयनका लागि संविधानको अक्षरश: पालना हुनुपर्छ। आवश्यक कानुन तयार पारिनुपर्छ। त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ,’ उनले भने, ‘समावेशीताको आसय र मानसिकता अनुसार राजनीतिक दलले काम गर्नुपर्छ।’ कांग्रेसको शिक्षा विभागका प्रमुख समेत रहेका महरको भनाई थियो।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु गोबिन्द भट्टराई, गुरु बराल सरस्वती अर्याल तिवारी, अजय बाबु शिवाकोटीले संबिधान संसोधन गर्दा र पार्टीको बिधान संसोधन गर्दा मुस्लिम सहित सबै जातजाती र समुदायको माग सम्बोधन गर्न र पछाडी परेको समुदायको उत्थानमा लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा अताबुल मन्सुरी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, उपसभापती मेखलाल श्रेष्ठ, नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष नुर मोहम्मद मिया, कोशी प्रदेशका अध्यक्ष इसरायल मन्सुरी, केन्द्रीय सचिब द्वय सराफत अलि मिया र रहम तुला मिया, गण्डकी प्रदेशका उपाध्यक्ष रफत सना, संचारकर्मी बिमला भण्डारी लगायतका बक्ताले आआफ्नो भनाई राखेका थिए।

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा संगठन रहेको मुस्लिम संघको अधिवेशनमा प्रतिनिधी, पर्यवेक्षक लगायत गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो । अधिवेशनकै अवसरमा संघले बिभिन्न क्षेत्रमा कृयाशिल रहेर समाजमा योगदान दिएका मुस्लिम युवाहरुलाई सम्मान समेत गरिएको थियो ।

मुस्लिम संघ गण्डकीको अध्यक्षमा हा. महमद मिया, कार्यसमिति सबै सर्बसम्मत

यसैबीच नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको गण्डकी प्रदेश स्तरीय अधिबेशन शनिबार पोखरामा सम्पन्न भयो। अधिबेशनले मुस्लिम संघको गण्डकी प्रदेश कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ।

समितिको सभापतिमा शाह महमद मिया सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका छन सभापतिमा निर्बाचित मिया स्यांग्जा जिल्लाको हुन। उनि यस अगाडिको कार्यकालमा पनि समितिको अध्यक्ष रहेका थिए।

समितिको उपसभापतिमा कास्कीका अब्दुल मजिद मिया, गोरखाका सलावत दिन मिया र लम्जुंगकी खानुन मिया (महिला) निर्बाचित भएको छन समितिको सचिबमा अमिना बेगम मिया र गोरखाका जमिल मिया, सहसचिबमा स्यांग्जाका मोहमद मिया र ईकवाल मिया तथा कोषाध्यक्षमा कास्कीका जुनेद अहमद निर्बाचित भएका छन।

गण्डकी प्रदेश समितिका सदस्यहरुमा तनहुँका महम्मद हुसेन मिया, लमजुंगका सायरा खातुन, लम्जुंगकै मसिनी मिया, कास्कीका अब्दुल हाकिम मिया, स्यांग्जाकी फरिदा बानु, पर्वतका सैजुन मिया र मोहम्मद क्रिम मिया निर्बाचित भएका छन । सदस्यमा निर्बाचित हुने अन्यमा नवलपुरका मुनिर अलि, स्यांग्जाका मो. आजाद मिया र हा. अहमद मिया, गोरखाका बाबुदीन मिया, गोरखाका मोहम्मद मिया र स्यांग्जाका फारुक शाह रहेको मुख्य निर्बाचन अधिकृत हरी प्रसाद रेग्मीले गुरुकुल खबरलाई जानकारी दिए।

Advertisment