बिहानै भुकम्पको धक्का, ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टी, क्षतिको विबरण आउन बांकी

२३ पुस, काठमाडौं । आज बिहानै नेपालको काठमाण्डौ लगायतका बिभिन्न जिल्लामा ठुलो भुकम्पको महशुस गरिएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार भुकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिब्बत दिंगे कान्टीमा रहेको पुष्टि भएको जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिनुभएको छ । वहांका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: जिल्लामा धक्का गराएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताउनुभयो । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेकोछ ।

जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलन गरिरहेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।

Advertisment