रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएको स्रोतले जानकारी दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियुक्त बनाईएका  लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतको आधिकारिक वेबसाईटमा अध्यवधिक गरिएको छ । सामान्वतया ६ देखि ३० प्रतिशत सम्म यसरी धरौटीमा छाड्ने    सम्म अभ्यास रहेको छ । लामिछाने माथि करिब ४ करोड हिनामिना गरेको आरोप रहेको थियो ।

अहिले निषेधित क्षेत्र घेरा बाहिर राष्ट्र बैंकचोक आसपासमा रास्वपाका नेता, कार्यकर्ता लामिछानेको पक्षमा नाराबाजी गरिरहेकाछन ।

यसैबिच अदालतको आदेश बमोजिम ६५ लाख रुपैयां बुझाएपनि लामिछाने बिरुद्द अन्य जिल्लामा पनि सहकारी सम्बन्धी मुद्दा चलिरहेको हुनाले कास्की अदालत बाहिर निस्कन साथ पक्राउ पर्नसक्ने अनुमान गरिएको छ ।

Advertisment