सिक्लेसैको मेलैमा...: सिक्लेसमा माघेसक्रान्ती मेला हुदै, खेलकुद संगै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य

सिक्लेसैको मेलैमा...

पोखरा, २८ पौष,

 

कास्कीको पर्यटकिय गाँउ सिक्लेसमा माघेसक्रान्ती मेला हुने भएको छ ।

मादी गाँउपालिका वडानम्बर १ को ग्रामिण पर्यटन प्रर्वद्धनका लागि स्थानीय सिक्लेस युवा क्लबको आयोजनामा यहि माघ १ देखि ४ गते सम्म क्लवको ३० औँ वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ती मेला हुन लागेको हो । विंस २०५२ साल देखि निरन्तर हुदै आएको मेलामा यस वर्ष स्थानीय म्हउदु क्युफी, फैम क्युफी लगायत तिर्थस्थलहरुको जात्रा, खुल्ला पुरुष एवम महिला भलिबल, खुल्ला पुरुष बास्केटबल, परम्परागत छेलो, खुल्ला सामुहिक नृत्य प्रतियोगिता लगायत आकर्षणका रुपमा रहने आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । खुल्ला पुरुष भलिबल र बास्केटबल प्रतियोगिताको विजेतालाई नगद एक लाख, उपविजेतालाई ७० हजार र महिला भलिबलको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सिक्लेस युवा क्लबका भोलामान गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी मेलामा गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिता तर्फको विजेताले नगद ६० हजार, दोस्रो हुनेले ४५ हजार, तेस्रोले ३० हजार, उत्कृष्ट भेषभुषालाई पाँच हजार र उत्कृष्ट नृत्य निर्देशकलाई नगद पाँच हजार ट्रफि, र प्रमाणपत्र दिइने अध्यक्षले गुरुङले बताउनुभयो । मेलामा वर्षेनी आयोजना हुदै आएको छेलो प्रतियोगितामा प्रथम हुनेलाई ४५ हजार र दोस्रो हुनेलाई ४० हजार नगद रुपैयाँ पुरस्कार दिइने जनाएको छ । सिक्लेसको पर्यटकिय सम्भवना बोकेका ठाँउहरुको प्रर्वद्धन र स्थानीय उत्पादनको बजारीकरण गरी युवाहरुलाई स्वरोजगार बनाउन मेलाले भुमिका खेल्ने मादी गाँउपालिका वडानम्बर १ का वडाअध्यक्ष देविजंग गुरुङको विश्वास छ । गुरुङ जातिको पैतृक थलो क्होलासाेंथर, घलेखर्क ताराहिल सिक्लेस पदमार्ग, गुरुङ सम्पदा मार्ग पर्यटकको रोजाईमा पर्दै आएको उहाँको भनाई छ । पोखरा देखि करिव ४० किलोमिटर उत्तरपुर्वी भेगमा अवस्थित गाँउ सिक्लेस ऐतिहासिक गुरुङ गाँउ हो । चार सय ५० घरधुरी रहेको सिक्लेस पछिल्लो पटक गुरुङ कला, संस्कृति परम्पराको अध्ययन गर्ने थलो समेत बनेको छ । क्हपुचे लेक, कोरी, ताराहिल पदमार्ग लगायत पर्यटकिय ठाँउ सिक्लेस हुदै जान सकिन्छ । सिक्लेसमा दैनिक २ पर्यटक पुग्ने गर्दछन् । सिक्लेसमा ३६ वटा होमस्टे र ४७ वटा होटल संचालनमा छन् ।

Advertisment