७१ जिल्लामा भुमि आयोगका अध्यक्ष नियुक्ति

काठमाडौँ, भूमि व्यवस्था मन्त्रालयले देशभरका ७१ जिल्लामा भुमि आयोगका अध्यक्ष नियुक्ति गरिएको छ । सोमबार भूमि व्यवस्था मन्त्रालयले ७१ जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण कार्यक्रम समेत सम्पन्न गरेको छ।

मन्त्रालयले सुरुमा ५६ जिल्ला अध्यक्षहरू मात्र नियुक्त गरेको उल्लेख गरेको भएपनि नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहणको समयमा यो सूची ७१ पुगेको बताइएको छ ।

कास्की जिल्लामा भुमि आयोगको अध्यक्षको जिम्मेवारी नेकपा एमालेका नेता बैन बहादुर गुरुङलाई दिएको छ  देशका ७१ जिल्लामा भूमि आयोग गठन गरि अध्यक्षहरुको नियुक्ति गर्ने क्रममा कास्कीमा एमालेका गुरुङलाई अध्यक्षमा नियुक्त गरिएको हो ।सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित शपथ ग्रहण समारोहअघि आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने बताउनुभयो ।

 

वहांले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने उद्घोष गर्नुभयो । वहांले अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको भन्दै वर्षौँदेखि हुन नसकेका कामहरूलाई ६ महिनामै गरेर देखाएको दाबी समेत गर्नुभएको छ ।

अब कोशी प्रदेशको तेह्रथुम, मधेसको सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला र सुदूरपश्चिमको बझाङ र कञ्चनपुरका अध्यक्ष मात्रै नियुक्त हुन बाँकी छन् ।

पहिलो चरणमा प्राविधिक कारणले शपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ । यस अघि पनि आयोग गठन भएतापनि खासै उल्लेखनिय काम गर्न नसकेको भुमिहिन सुकुम्बासीहरुले गुनासो गर्दै आएकाछन् ।

Advertisment