पोखरा, त्रिभुवन विश्वविद्यालयले विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरिएको छ । मुलुककै दोश्रो ठुलो कलेज पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसको प्रमुख पदमा प्रा.डा. हरी प्रसाद पाठकलाई नियुक्त हुनुभएको छ।
आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुखहरुको नियुक्ति गरेको हो।
पोखराको पृथ्वीनारायण क्याम्पसको प्रमुखमा नियुक्त पाठकले लामो समयदेखि पोखराका विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएको छ । झापा स्थायी ठेगाना रही बिगत २५,३० बर्षदेखी वहां पोखरा महानगरपालिका वडा नम्बर -५ मा बस्दै आउनु भएको छ । वहां नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापकका रुपमा चिनिनुभएता पनि सकृयरुपमा कृयाशिल नहुने भद्र मानिसका रुपमा चित्रित हुनुहुन्छ ।
क्याम्पस प्रमुखका लागि छनोट समिति मार्फत खुला आवेदन आह्वान गरिएको थियो। जस मध्ये अन्तिममा (short list) प्रा.डा. हरी प्रसाद पाठक, डा. वीर बहादुर कार्की र लाल बहादुर कुंवर रहनुभएकोमा पाठकले बाजी मार्नुभएको छ ।
छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिनुभएको छ । सात प्रदेशमा रहेका क्याम्पसमा नियुक्त क्याम्पस प्रमुखहरुको नामावली यस प्रकार रहेको छ ।