संसद् अधिवेशन बोलाउने मिती तोकियो, राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौँ । सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले

blog

उहाँले भन्नुभयो, ‘‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रबार बोलाउने निर्णय भयो ।’’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रबार सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘माघ १८ गते सदन बोलाइएको छ । प्रतिपक्षहरूले दिनदिनै कहिलेदेखि कहिलेदेखि भन्ने गर्दथे । अब माघको १८ गते संसद् बोलाइएको छ ।’’

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूले कहिलेबाट संसद् बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताउनुभयो ।

Advertisment