बगर भाइखलक यूकेमा नयाँ नेतृत्व चयन,अध्यक्षमा ओम प्रकाश गुरुङ

लन्डन- बगर भाइखलक यूकेको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।आइतबार अल्डरसटस्थित सुसी मोतो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले तान्चोक कोट गाऊं स्थायी ठेगाना रही पोखरा १ नयांगल्ली बगर हुंदै हाल युके निवासी बेलायती सेनाबाट अवकाश प्राप्त ओमप्रकाश गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरुङ, जय कुमार सेवा,हिटलर गुरुङ तथा मिडिया सेक्रेटरीमा मिलन तमु र विमल गुरुङ चुनिनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई तमुधिं यूके उपाध्यक्ष एवम् ‘एन्फा एम्बासडर’ कमल कोने गुरुङले शपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यसअघि बगर भाइखलक यूकेका निवर्तमान समितिका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नेपालबाट टीम ल्याएर गोर्खाकपमा सहभागी गराउनुका साथै नेपाल तथा इंग्ल्यान्डबीचको फुटबल खेल सफल बनाउन सक्रियतापूर्वक सहभागी लगायतका कार्य भएको जानकारी गराउनुभयो  । वहांले नयाँ अध्यक्ष र कार्यसमितिलाई पनि साथ, सहयोग दिन सबैलाई आव्हान समेत गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तमुधिं यूकेका पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, विशिष्ट अतिथि सहारा यूके अध्यक्ष कृष्ण गुरुङलगायतले पनि नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यसअघि अधिवेशनलाई अध्यक्षसंगै प्रमुख अतिथि र विशिष्ट अतिथिले पानसमा दीप बालेर उद्घाटन गरेका थिए। कार्यक्रमको  सञ्चालन तमुधिं यूकेका उपाध्यक्ष एवम् एन्फा एम्बासडर कमल कोने गुरुङले गर्नुभएको कुरा समाचार एजेन्सीले जानकारी दिएको छ ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button

 

Advertisment