सभापति कपको सहिद गेटमै ट्रफी सार्वजनिक

काठमाडौ । पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल बिहीबार हुने भएको छ ।

blog

आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घघ महाधिवेशन निर्देशन समितिले बुधबार नै सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो ।

नकआउट विधाको यस प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगितामा आयोजकसहित आठ टिमले भाग लिएका थिए । प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।

यस्तै प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisment