उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस बिजयी तर्फ

पोखरा । त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पृथ्वीनारायण क्याम्पसबाट खेलाडी, प्रशिक्षक टिम म्यानेजरसहितको टोली काठमाडौँ प्रस्थान गरि खेलकुदका बिभिन्न बिधामा सहभागी भएको छ । जस अनुसार भलिबल छात्रछात्रा, ब्याडमिन्टन छात्र, टेबुलटेनिस छात्रछात्रा,एथलेटिक्स (दौड र लङ्ग जम्प ) भलिबलमा भाग लिएको सहायक क्याम्पस प्रमुख बोधराज ढकालले जानकारी दिनुभएको छ ।

टेबुलटेनिस छात्रा जोडी तर्फबाट त्रित्तिय हुन सफल भएको छ भने महिला भलिबलमा PN ले MMC बाँकेलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको ढकालले जानकारी दिनुभएको छ ।

त्यसैगरि छात्र दौड तर्फ ८०० मि मा तेस्रो स्थान हासिल गरेको छ । दौडमा भाग लिने सरोज थापा मगर रहनुभएको थियो । देशभरका TU अन्तरगतका क्याम्पसहरु बिच त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेको छ भने प्रतियोगिता माघ १३ गतेदेखी काठमाण्डौमा जारी रहेको छ ।

Advertisment