

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पोखराको पर्यायको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा मोफसलको प्रतिष्ठित व्यापारीक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।
कार्यक्रमको संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको छ भने प्रतियोगिताको सह प्रायोजक जयश्री फुड्स प्रा.लि.को उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती चामल रहेको छ । त्यसैगरि नेपाल टेलिकम, पो.म.न.पा.वडा.न.९ को कार्यालय ,एशियन पेन्ट्स ,चरक मेमोरियल हस्पिटल ,रुपाकोट ज्योति सुनचाँदी पसल लगायत उपप्रायोजक तथा सहप्रायोजकका रुपमा रहेर कार्यक्रमलाई सहयोग गरेको आयोजकले जनाएका छन । पर्वद्र्धकका रुपमा नेपाल टुरिजम बोर्ड ,गण्डकी रहेको छ ।
खेल संचालनका लागि कुल अनुमानित आम्दानी १ करोड ५१ लाख रुपैया रहेको छ भने कुल अनुमानित खर्च १ करोड ४२ लाख २० हजार रुपैयाँ गरि संचालन बचत रु. ८ लाख ८० हजार हुने संस्थाका महासचिब रामजी प्रसाद अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराए ।
यस संस्करणमा टिकट दर प्रि क्वाटर र क्वाटर फाइनल खेलमा रु १०० र भि.ई.पी.तर्फ रु २०० सेमीफाइनल खेलमा रु २०० र भि.ई.पी.तर्फ रु ४०० र फाइनल खेलको रु.३०० र भि.ई.पी.तर्फ रु.५०० कायम गरिएको जनाईएको छ ।
२४ वर्ष देखि निरन्तर सञ्चालनमा भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित कठिन परिस्थिति एबं विपन्न वर्गका वालकहरु सम्मेलित सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने जनाईएकोछ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल चौँथो व्याचको एकेडेमीमा १६ जिल्लाका ३० जना बालकहरु आश्रित छन । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको आयोजकले जनाएका छन । खेल फागुन ३ गते सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।