नेबि संघलाई जिताउन राजिब बास्तोलाको आह्वान

नेपाल विद्यार्थी संघलाई जिताउन केन्द्रिय सदस्य एवं स्ववियु निर्वाचन प्रतिनिधि राजिव बास्तोला पृथ्वीनारायण क्याम्पस, पोखराको यस्तो छ आह्वान
# युवाहरुको भाडिएको मन र देखिएको राजनैतिक तरलताका बिचमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन युवाहरुको बिचमा भएको अवस्था परिक्षणको सुचक पनि हो त्यसैले, यही मिति २०८१ साल चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अग्रजहरुको उपस्थितिले मात्रै पनि हाम्रा उम्मेदवारहरुको मनोबल धेरै उच्च हुन्छ ।

१.बिगतमा आफू अध्ययन गरेको, संगठनमा काम गरेको वा आफै उम्मेदवार रहेको सम्बन्धित कलेजका नेपाल विद्यार्थी संघका सम्बन्धित उम्मेदवारहरुका बिचमा यहाँहरुको हौसलापुर्ण उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछु ।

२.मतदाता नामावलीको अध्ययन र सर्वेक्षण गरि आफ्ना भुगोल र क्षेत्रका बिद्यार्थी साथिहरुका अभिभावक समेतसम्म पनि हाम्रा पक्षमा मतदान गर्नका लागी आवश्यक समन्वय गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
(नोट: नामावली सम्बन्धित कलेजका नेपाल विद्यार्थी संघका साथिहरुबाट उपलब्ध हुनेछ)

३.बिगतको अवस्था र हालको आन्तरिक विश्लेषण अनुसार पनि हाम्रा निकटका मत धेरै नखस्ने र सम्बन्धित विद्यार्थीहरु मत हाल्न उपस्थित नै नहुने कारणले हाम्रा उम्मेदवारका लागि प्रतिकुल वातावरण निर्माण हुने गरेको देखिएकोले हाम्रा निकटका विद्यार्थी साथीहरू र अभिभावक सम्म पनि उपस्थित गराउन र मत हाल्ने वातावरण सिर्जना गर्नका निम्ति लागिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

४.यी विविध कुराहरु बाहेक निर्वाचनमा आवश्यक पर्ने सबै कुराहरूमा सहजीकरण गर्नुका साथै चैत्र ३ गते आइतबार १ दिन मात्रै विद्यार्थीका बिचमा मत माग्न पाइने सुबिधा भएकोले आफ्नो बिगतको सम्बन्धित क्याम्पसमा हाम्रा उम्मेदवारका बिचमा अनिवार्य उपस्थिति जनाइदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

नेपाल विद्यार्थी संघ संगठनको गरिमामाथी आच नपुग्ने गरि सधैं निर्वाचनको पक्षमा रहेको र बिजयन्मुख ढंगले लागिरहेकोले निर्वाचनको मैदानमा यहाँहरुको उपस्थिति र महत्वपूर्ण अभिभाकत्वको खाचो छ, त्यसकारण पुन एकपटक यहाँहरु सम्पुर्णमा अनुरोध गर्दछु ।

 

Advertisment