नेबिसंघबाट नर्सिङ क्याम्पस पोखराको स्ववियु सभापतिमा रचना पौडेलको उमेद्वारी परेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर – ४, सल्यानमा जन्मिएर पोखराको कुमुदिनी होम्स उच्च मा बि बाट एसएलसी उत्तीर्ण गरेकी हुन । पौडेलले पिसिएल नर्सिङ, बिएन सोहि क्रयाम्पसबाट अध्ययन पुरा गरेको र हाल एमएनको अध्ययन पनि सोहि क्याम्पसमा गरिरहेकोले त्यहाँका बिद्यार्थीहरुबीच राम्रो सम्बन्ध रहेकै कारण निर्वाचन जित्ने आधार रहेको नेविसंघले जनाएको छ।
नेविसंघबाट प्रत्यक्ष निर्बाचन तर्फ सचिबमा स्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बरालले उमेद्वारी दर्ता गराएका छन।
यसैगरि स्ववियु सदस्यहरुमा माटिना थापा मगर, किरण सेन, किर्ति सिग्देल, सरस्वती खनाल र स्मीता गौतमको उमेद्वारी परेको छ भने समानुपातिक तर्फ नम्रता चापागाई, ममता शर्मा, सञ्चिता दाहाल,अन्जु गौतम र गीता घलेको उमेद्वारी परेको छ। समानुपातिक तर्फबाट सदस्यमा उमेद्वारी दिने नम्रता चापागाई नेपाल बिद्यार्थी संघ नर्सिङ क्याम्पस पोखरा इकाईको सभापति समेत हुन।
उक्त क्याम्पसमा प्रत्यक्ष तर्फ अनेरास्ववियु र नेविसंघको तर्फबाट १६ जनाको र समानुपातिक तर्फ पनि दुवै संगठनका १५ जनाको उमेद्वारी परेको छ ।