लागू औषध सहित ३ जना प्रहरीको फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध सहित ३ जना पक्राउ गरेको जनाएको छ । म्याग्दी जिल्ला स्थाई ठेगाना रही हाल पोखरा वडा नं ११ रानिपौवा बस्ने बर्ष २६ की एलिना सोतोन्जा पुन, जिल्ला कास्की माछापुच्छ्रे गा.पा.वडा नं ३ बस्ने बर्ष ४१ को सार्जन गुरुङ माछापुच्छ्रे ६ बस्ने बर्ष ३० को सुजन गुरुङलाई पक्राउ गरेको प्रहरीले प्रेस बिज्ञप्ति प्रकाशित गरि जानकारी दिएको छ ।

उनीहरु लाई खानतलासी गर्दा कालो झोलामा लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोइन औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाईजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुल गरी जम्मा ४२९ एम्पुल र मोवाईल ४ थान बरामद भएको कास्की प्रहरीले बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

चैत ६ गते अन्दाजी  ९:३० बजे सांझको समयमा पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनमा लागू औषध कारोवार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।

 

पक्राउ परेका तीनैजना लाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईरहेको समेत प्रहरीले जानकारी दिएको छ । ।

Advertisment