काठमाडौँ, चतै १५ गते । काठमाडौँमा निषेधाज्ञा (कर्फ्यू) जारी गरे संगै नेपाली सेना सडकमा उत्रिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्मका लागि निषेधाज्ञा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएकाछन ।
सरकारले (कर्फ्यू) जारी गरे संगै नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ ।
नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।
तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
निषेधाज्ञा अवधिवर आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जारी गरिएको कर्फ्यू आदेशमा गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म (कर्फ्यू) निषेधाज्ञा जारी गरिएको छ ।
तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ । प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् । फोटो – अनलाईन खबर