हङकङको महावाणिज्यदूतमा डा. विन्देश्वर लेखक नियुक्त

काठमाण्डौं । नेपाल सरकारले हङकङको महावाणिज्यदूतमा डा. विन्देश्वर लेखकलाई नियुक्त गरेको छ । झण्डै दुई साताअघिको मन्त्रिपरिषद बैठकले  उनलाई दुतमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।

सुदूरपश्चिमको बैतडी घर भएका लेखक यस अघि बेइजिङस्थित नेपाली दूतावासमा डिसिएमको रुपमा कार्यरत रहेका थिए ।

 

हङकङको महावाणिज्यदुतमा कार्यरत उदय बहादुर राना मगरको कार्यकाल सकिएपछि सोही कार्यालयमा रहेका मनाङका सतिश गुरुङले निमित्तको रुपमा काम गरिरहनुभएको छ । सरकारले हङकङको महावाणिज्यदूतमा नियुक्ती गरिएका डा.विन्देश्वर लेखक केही दिनमा नै हङकङ प्रस्थान गर्ने भएको छ ।

Advertisment