

बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि. पञ्चमुनि मा. वि.(ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि.(बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि. जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण , महेन्द्र , अमरसिद्धि मा. वि.,वोइस्ट पोइन्ट मा. वि.(बेनी), प्रगति (बि) अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै कुमुदिनी होम्स मा.वि. ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ,जनप्रकाश मा.वि.(ए) र एस्ओ.एस्ते.स्रो चरणमा (प्रि (क्वाटर ) प्रवेश गरेको छ। छात्रा बास्केटबलतर्फ बि.एम.जि. मा.वि. र साइनिङ स्टार सेमिफाइनलमा प्रवेश गरेको छ।
त्यसै गरी छात्र बास्केटबल तर्फ सिर्जना , वेलनन एकेडेमी , जनप्रिय, विन्देश्वरी, भद्रकाली, मेश्रम बाराह मा.वि.,भू.पू. सैनिक मा. वि. (वालिङ), केफ मा. वि., गण्डकी बोर्डिङ , ग्लोबल, गलेश्वर आदर्श मा.वि. म्याग्दी , र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिता अझै दुई दिनसम्म सञ्चालन हुने एस.ई.ई. कप संयोजक विकाश ढुङ्गानाले जानकारी दिनुभयो । एस.ई.ई दिएर बसेका बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न खेलकुद आयोजना गरिएको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिएकाछन ।
कार्यक्रमको मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाघ्यक्ष देवकृष्ण पराजुलीले उद्दघाटन गरेका थिए ।