काठमाडौं । गत चैत १५ गते भएको प्रदर्शनका क्रममा हिंसात्मक बनेको राजा फर्काउने आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेको स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार उनलाई आजै पक्राउ गरेर नेपाल ल्याइँदैछ भने प्रसाईंको सचिवालयले पनि प्रहरी समक्ष आत्मसमर्पण गरेको सुचना प्रकाशित गरेको छ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं त्यसपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।