पोखरा । नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ कास्कीको नयां बर्ष २०८२ को आगमनको उपलक्ष्यमा सम्मान, शुभकामना आदान प्रदान कार्यक्रम तथा घुम्ती बैठक पोखरा २३ मार्गी धर्मडांडामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति एबं पुर्ब मन्त्री मेखलाल श्रेष्ठले आदिवासी जनजातिहरुको संरक्षण र नेतृत्व बिकासमा आफ्नो पार्टी पुर्णरुपले सकृय रहने बताएका थिए ।
जनजातिहरुले आफ्नो अदिम संस्कृति जगेर्नाका लागी लाग्नुपर्ने बताउंदै उनीहरुको हकहितका लागी आफु संधैं साथमा रहेको समेत प्रतिबद्दता ब्यक्त गरेका छन ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति केशर निर्दोषीले आदिबासी जनजाति र कांग्रेस पार्टी नङ र मासु जस्तै रहेको हुनाले सबैले पार्टीको सदस्यता नबीकरण र नयां बिधान बमोजिम लिन अनुरोध गरेका थिए ।
कांग्रेस नेतृ सकुन्तला गुरूङले जनजातिहरु लाई हेर्ने दृष्टिकोण परिवर्तन नगरे सम्म कांग्रेस बलियो हुन नसक्ने हुंदा त्यस तर्फ ध्यान दिन नेतृत्वलाई आग्रह गरेका थिए ।
कांग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरूङले महासंघ लाई स्थानिय तह सम्म जोड्नका लागी सबै सदस्य सकृय हुनुपर्ने बताएका थिए ।
महासंघ कास्की क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष राजु गुरूङ लगायतले आदिबासी जनजातिका हकहितका साथै पार्टी प्रति खेल्नुपर्ने भुमिकाका बारेमा आआफ्नो धारणा राखेका थिए ।
महासंघ कास्कीका अध्यक्ष आश बहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मिन बहादुर गुरूङले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको महासंघ कास्कीका सचिब रिता गुरूङले सन्चालन गरेका थिए ।
कार्यक्रममा