भर्गो एग्रोको बिक्री केन्द्र पोखरामा पनि

पोखरा, १० बैशाख,

आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्रु भन्ने मूल नारासहित भर्गो एग्रो इन्डस्ट्रिज प्रा.लिले पोखरामा पहिलो विक्रि केन्द्र खोलेको छ ।

बिक्री के्न्द्रका बुधबार पोखरा महानगरपालिका लेखा समिति संयोजक झपट बहादुर रानाभाटले बिक्री केन्द्रको उद्घाटन गरेका छन्।  कम्पनीका व्यवस्थापक सुरज दंगालले कृषि उद्यमशीलताको विकास देशको समृद्धिको मूल आधार भएको बताए। हामी किसान र उपभोक्ताबीच पुलको काम गर्छौं, उनले भने, “कृषकलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय चामल सहुलियतमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।

पोखरा शाखा प्रमुख राजु रिजालले कम्पनीले उत्पादन र बिक्रीमा मात्र होइन, किसानसँग प्रत्यक्ष सहकार्यमार्फत उनीहरूको सीप अभिवृद्धि र बजार पहुँच विस्तारमा पनि काम गर्ने जानकारी दिए। बिक्री केन्द्रमा सुरुमा तीन प्रकारका अर्गानिक तथा प्रिमियम चामल प्रतिबोरा दूर्इृ हजार ५०, जिरा मसिनो १८ सय ५० र सोना मन्सुली १६ सय ५० प्रति बोरा उपलब्ध हुने जनाएको छ । स्थानीय कृषि उपजको आधुनिकीकरण, प्रशोधन र बजारिकरणलाई जोड दिने उद्देश्यसहित घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडको संयुक्त लगानीमा भर्गो एग्रो स्थापना गरिएको हो। कम्पनीले नवलपुरको गैडाकोट–१४, अमरापुरीमा जापानी अत्याधुनिक मेसिन प्रयोग गरेर ुमनास्लुु ब्रान्डको चामल उत्पादन गर्दै आएको छ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र स्थानीय कृषकको जीवनस्तर उकास्न योगदान पुर्याउने विश्वाससहित कम्पनीले निकट भविष्यमा देशका प्रमुख सहरहरूमा यस्ता बिक्री केन्द्र विस्तार गर्ने योजना बनाएको छ ।

Advertisment