पोखरा । पोखराको गणेशटोल स्थित फेवा शिक्षा सदन माध्यमिक विद्यालयमा शुक्रबार निर्वाचन प्रणाली मार्फत विद्यार्थी प्रतिनिधिहरु चयन गरेको छ । विद्यार्थीहरुलाई निर्वाचन प्रणाली बारे जानकारी दिने र विद्यार्थी प्रतिनिधिहरु चयन गर्न विद्यालयमा निर्वाचनको आयोजना गरिएको विद्यालयका प्राचार्य अचुत पाण्डेले जानकारी दिए । निर्वाचन प्रकृया माफृत स्कुल प्रिफेक्ट, भाइस प्रिफेक्ट, हाउस क्याप्टेन र भाइस क्याप्टेनहरुको निर्वाचन गरिएको हो ।
स्कुल प्रिफेक्टमा प्रमेश दवाडी, कुशल प्रजा, विनय भूलेजको उम्मेद्वारी परेकोमा विनय भुजेल निर्वाचित भएका छन् । यसैगरी स्कुल भाइस क्याप्टेनमा सिमरन कुमारी दास र कृति भट्टराईको उम्मेद्वारी परेकोमा कृति भट्टराई निर्वाचित भएकी छन् । हाउस क्याप्टेनमा युकेश भण्डारी, सफल श्रेष्ठ, अङ्कीत विक, आर्यन गुरुङ, विजय कुमाल, सोफिया नेपाली, रिजन श्रेष्ठ, सकेश बुढाबिच प्रतिस्पर्धा भएको थियो । जसमा सोफिया नेपाली, रिजन श्रेष्ठ, सफल श्रेष्ठ र युकेश भण्डारी निर्वाचित भए । हाउस भाइस क्याप्टेनका लागि एल्जिना राई, नन्दनी शाह, आरुशी गिरी, शिव भूषाल, दिवस न्यौपाने, अरसद करिम अन्सारी र प्रतिक श्रेष्ठको उम्मेद्वारी परेकोमा शिव, दिवस, अरसद र प्रतिक श्रेष्ठ निर्वाचि भएको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।
विजेतालाई उपविजेता विद्यार्थीहरुले अविर लगाएर बधाई दिएका थिए ।
मतदानमा विद्यालयको कक्षा ४ देखि १० सम्मका चार सय विद्यार्थीहरुले मतदान गरेका थिए । मतदान प्रकृयाका लागि जिल्ला निर्वाचन आयोगले निर्वाचन सामग्रीको सहयोग गरेको थियो । विद्यालयका सह प्राचार्य प्रमोद पाण्डेले निर्वाचन प्रकृयाका बारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए । मतदान सम्पन्न गर्नका लागि विद्यालयका शिक्षक शिक्षिकाहरुले सहजीकारण गरेका थिए ।
फेवा शिक्षा सदनमा विद्यार्थी प्रतिनिधि छान्न मतदान
May 9, 2025
80

Advertisment