नेपालमा सहयोग गर्न आएका अमेरिकी सैनिकको सम्झनामा श्रद्धाञ्जली सभा

विनाशकारी भूकम्पपश्चात् नेपालमा उद्धार र राहत कार्यमा खटिएको संयुक्त राज्य अमेरिकाको मरीन हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सैनिकप्रतिfacebook sharing button

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पपश्चात् नेपालमा उद्धार र राहत कार्यमा खटिएको संयुक्त राज्य अमेरिकाको मरीन हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सैनिकप्रति २०८२ वैशाख २९ गते  सोमबार विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजित गरिएको छ।

काठमाडौंको छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसन (Dean R. Thompson) र नेपाली सेनाका उपरथी किरण के.सी.ले दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि अमेरिकी मरीन कोर्प्सको हेलिकप्टर (UH-1Y Huey) राहत सामग्री लिएर दोलखाको घ्याङ्गफे जाँदै गर्दा २०७२ वैशाख २९ गते दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा ६ जना अमेरिकी मरीन र २ जना नेपाली नागरिकले ज्यान गुमाएका थिए।

राजदूतको श्रद्धाञ्जली

राजदूत थोम्पसनले नेपाल र अमेरिकाबीचको सहकार्यको सन्दर्भमा उक्त दुर्घटनालाई “साझा मानवीय मूल्य र मित्रताको प्रतीक” भन्दै श्रद्धासुमन अर्पण गर्नुभयो। उहाँले भने, “उनीहरूले ज्यान गुमाउँदा मात्र होइन, सेवा र समर्पणमार्फत अमिट योगदान दिएका छन्। हाम्रो मित्रता उनीहरूको सम्झनामा अझ गाढा हुँदै गएको छ।”

नेपाली सेनाको सम्मान

उपरथी किरण के.सी.ले भूकम्पपछिको राहत तथा उद्धार कार्यमा अमेरिकी सहयोगको उच्च प्रशंसा गर्नुभयो। उहाँले घटनामा ज्यान गुमाएका सैनिकको साहस र सेवा भावनालाई नेपाली सेनाले सधैँ स्मरण गर्ने बताउनुभयो।

कार्यक्रममा सहभागिता

श्रद्धाञ्जली कार्यक्रममा नेपाली सेना, अमेरिकी दूतावासका अधिकारी, शहीद सैनिकका परिवार, र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पुष्पगुच्छा अर्पण, मौनधारण तथा स्मृतिशिलालेखमा माल्यार्पण गरिएको थियो।

 

दोलखाको पहाडी भेगमा हेलिकप्टर दुर्घटनामा परेको घटना केवल दुखद होइन, दुई देशबीचको आपसी सहकार्यको एक महत्वपूर्ण अध्याय पनि हो, भन्ने सन्देश उक्त कार्यक्रमले पुनः स्मरण गराएको छ।

 

Advertisment