पोखरा । अन्नपूर्ण ७,तोल्का,कास्कीमा रहेको हिमालय मा विको ५१ औं वार्षिकोत्सब ,स्वर्ण जयन्ती स्मारिका विमोचन तथा नवनिर्मित सरस्वती मन्दिर अनावरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के.सीको प्रमुख आतिथ्यतामा र वि.व्य.स.अध्यक्ष श्याम प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८१ को अतिरिक्त क्रियाकलाप पुरस्कार ,वार्षिक शैक्षिक पुरस्कार ,विभित्र महानुभावहरुले विद्यार्थीको शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोष छात्रवृत्ति प्रतिभा पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी स्वर्ण जयन्तीमा छुटेका तथा बाँकी रहेका व्यक्ति संघसंस्था ,स्मारिका प्रकाशन उपसमिति तथा सम्पादन मन्डललाई,विद्यालयका संस्थापक प्र.अ केदारनाथ अधिकारीलाई र विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष भरतमान गुरुङ, स्मारिका प्रकाशन उपसमितिका संयोजक प्रेमबहादुर गुरुङ ,संस्थापक प्र.अ केदारनाथ अधिकारी ,पूर्व प्र.अ नेत्रपाणी भण्डारी ,वडा सचिव नारायण क्षेत्री,आर्थिक संकलन उप समितिका संयोजक गौप्रसाद गुरुङ,प्रचार प्रसार संयोजक भगवान पौडेल ,पूर्व शि.अ संघ अध्यक्ष चेतबहादुर वि.क ,विद्यार्थी बसन्त पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
विद्यालयका प्र.अ शरद सुवेदीले वार्षिक प्रतिबेदन पेश गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य शिक्षक संगिता पौडेलले र कार्यक्रम संचालन शिक्षकद्वय प्रेमसिंह महरा र बिरेन्द्र बहादुर धामीले गरेका थिए ।